सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चार लाख बढीका सामान बरामद 

२०८० असोज २५, ०८:५६ खबर संवाददाता

धनगढीः कैलालीमा चार लाख बढीका सामान बरामद गरिएको छ। कैलाली जिल्लाको बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको हो।

धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अबैध रुपमा भारतबाट भन्सारछली ल्याएका अन्दाजी मूल्य ५३ हजार बराबरको लेडिज सुट, धोती, रेडिमेड ब्लाउज लगायतका सामान धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सारबाट अन्दाजी ३७ हजार मूल्य बराबरका चिनी, लेडिज सुट, मैदा, मिश्री लगायतका सामान बरामद गरिएको छ।

यस्तै कैलालीकै गौरीगंगा नगरपालिका-१ चौमाला बजारबाट अन्दाजी १ लाख ४८ हजार मूल्य बराबरको लेडिज सुट, लेडिज कुर्ती लगायतका सामान र लम्कीचुहा नगरपालिका १ लम्कीबाट अन्दाजी २ लाख ३ हजार मूल्य बराबरको जेन्स सुट, लेडिज सुट लगायतका सामान गरि जम्मा अन्दाजी ४ लाख ४१ हजार मूल्य बराबरको सामानहरु बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस