सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाबाट शोक प्रस्ताव पारित

२०८० असोज २४, ०७:१० खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशसभाबाट बुधवार शोक प्रस्ताव पारित गरिएको छ। इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थी र बझाङमा भूकम्पबाट ज्यान गुमाएका एक जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दैे प्रदेश सभा बैठकले शोक प्रस्ताव पारित गरेको हो।

सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा शोक प्रस्ताव राखेका थिए। प्रदेश सभामा उपस्थित सम्पूर्ण प्रदेशसभा सदस्यले हात उठाएर शोक प्रस्तावलाई पारित गरेका थिए। यसैगरी, दुवै घटनामा परेर ज्यान गुमाएकाको शोकमा प्रदेश सभामा एक मिनेट मौन धारण गरिएको थियो।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पस टीकापुरमा अध्ययन पूरा गरेर इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका १० जना विद्यार्थीको हमास विद्रोहीको आक्रमणमा परि मुत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस