सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक जना मृत फेला

२०८० असोज २४, ०६:२३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एकजना मृत फेला परेका छन्।

जिल्लाको गन्यापधुरा गाँउपालिका–२ का करिब ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन्। बडाल जाने बाटो आमबारीमा उनी लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा छन्। मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस