सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहयोग र सम्मानमा के पाउछन् आफै संरचना भत्काउने धनगढीबासी ?

२०७६ वैशाख १५, ०४:४७ खबर संवाददाता

धनगढी उपमहानगरपालिकाले क्षेत्रिय शहरी विकास आयोजना अन्तरगत निर्माण हुने सडकमा पर्ने संरचना आफै हटाउने घरधनीलाई सहयोग र सम्मान गर्ने निर्णय गरेको छ। बैशाख १४ गते बसेको कार्यपालिका बैठकले आयोजना अन्तरगत कालोपत्रे हुने सडकमा पर्ने संरचना स्वयंम हटाई सहयोग गर्ने घरधनीहरुलाई सहयोग र सम्मान गर्ने निर्णय गरेको हो।

उक्त निर्णयमा कस्तो किसिमको सहयोग र सम्मान गरिनेछ भन्ने कुरा उल्लेख गरिएको छैन्। तर धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर ओडले भने संरचना भत्काई सडक निर्माणमा सहयोग गर्ने घरधुरीबाट घर नक्सा शुल्क नलिने, एक वर्ष सम्म सम्पत्ति कर नलिने र घर रंगरोगन गर्दै सम्मान गरिने बताए। 
 

कमेन्ट लोड गर्नुस