सुदूर नेपाललाई विश्वसँग जोड्दै

काभा पुरुष भलिबलमा अफगानिस्तान नेपालसँग पराजित

२०८० असोज २४, ०४:४७ खबर संवाददाता

काभा पुरुष भलिबल च्यालेन्जकप–२०२३ को प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको छ।

बुधवार श्रीलंकाको कोलम्बोस्थित सुगाथादसा इन्डोर रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो। तर, यसपछि लगातार दुई सेट गुमाउँदा नेपाल पराजयको संघारमा पुगेको थियो। तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै नेपालले अफगानिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा हराएको हो।

नेपालले दोस्रो र तेस्रो सेट क्रमशः १९–२५, २२–२५ ले गुमाएको थियो। तर, त्यसपछि चौथो सेट नेपालले २५–२१ ले जित्यो। पाँचौँ तथा अन्तिम सेट नेपालले १५–१० ले जित्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो। प्रतियोगितामा तेस्रो खेल खेलेको नेपालको यो दोस्रो जित हो। नेपालले यसअघि पहिलो खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदा दोस्रो खेलमा भने घरेलु टिम श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो। अफगानिस्तानको भने यो पहिलो हार हो। 
 

कमेन्ट लोड गर्नुस