सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलमा रहेका विद्यार्थी लिन नेपालबाट विमान आज राति  ११ बजे उड्ने

२०८० असोज २४, ०४:२८ खबर संवाददाता

काठमाडौँः  द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेका नेपालीको उद्धारका लागि बुधबार नेपाल वायु सेवा निगमको विमान त्यसतर्फ जाने भएको छ। निगमको विमान बुधबार (आज) राति ११ बजे उड्ने र यूएई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले बताए।

चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  इजरायलमा जहाज पठाउने तयारी भइरहेको नेपाल सेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए।

असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टनी लडाकु समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो। आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ। 
 

कमेन्ट लोड गर्नुस