सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुराममा क्रिकेट प्रतियोगिता हुने

२०८० असोज २४, ०८:२१ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकामा नगरस्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। कटाल क्रिकेट क्लब र विष्णु सेक्युरिटी सर्भिस प्रालिको स्रंयुक्त आयोजनामा परशुराम नगरपालिका ४ मा क्रिकेट प्रतियोगिता हुन लागेको हो।

असोज २९ बाट हुने प्रतियोगिताका खेलहरू पोखरी खेल मैदानमा हुने आयोजकले जनाएको छ। स्व नारयण कठायतको स्मृतिमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र आयोजक विष्णु सेक्युरीटीका प्रबन्धक विष्णु बोहराले जानकारी दिए।

कमेन्ट लोड गर्नुस