सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट डडेल्धुराका एक मदिरा पसल सञ्चालक घाइते

२०८० असोज २३, ०१:३६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको एक मदिरा पसलमा सोमबारराति आगलागी भएको छ।

अमरगढी नगरपालिका–४ तल्लो खलंगाका कमल गुरुङको मदिरा पसलमा आगलागी भएको हो। आगलागीबाट निस्सासिएर गुरुङ घाइते छन्। उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साथै आगलागीबाट लाखौँ मुल्य बराबरको सामान चलेर नष्ट भएको प्रारम्भिक अनुमान प्रहरीको छ। पसलभित्र के कति क्षति भयो भन्ने एकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब निरीक्षक करबीर ऐरले बताए।

कमेन्ट लोड गर्नुस