सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सामुदायिक विद्यालयमा पढ्न आउँदैनन् विद्यार्थी, यस्तो छ मुख्य कारण

२०८० असोज २३, १२:१७ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीका सामुदायिक विद्यालयमा विद्यार्थी गयल हुने समस्या हल हुन सकेको छैन्। धनगढी उपमहानगरपालिको शिक्षा युवा तथा खेलकुद महाशाखाले गरेको विद्यालय अनुगमनका क्रममा ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी हाजिरी कम देखिएको हो। शिक्षा, युवा तथा खेलकुद महाशाखाले वडा नम्बर ९, १० र १२ मा रहेका विद्यालयमा अनुगमन गर्दा प्रायः सबै विद्यालयमा विद्यार्थी गयल रहने प्रतिशत उच्च देखिएको छ।

विद्यार्थी गयल हुने प्रवृत्ति विद्यालयको मुख्य समस्या रहेको  धनगढी–१० को जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक तर्कराज जोशीले बताए। ‘हाम्रो विद्यालयको मुख्य समस्या नै विद्यार्थीहरू कक्षामा अनुपस्थित रहनु हो। यो समस्या समाधान नहुँदा सिकाइ उपलब्धि खस्किएको छ’, उनले भने, ‘विवाह, भोजभतेर र खेतीपातीको समयमा विद्यार्थी गयल हुने दर उच्च हुन्छ। विद्यार्थीहरूको दैनिक उपस्थिति ५० प्रतिशतभन्दा कम हुन्छ।’

उपमहानगरको शिक्षा महाशाखाले सोमबार गरेको विद्यालय अनुगमनमा वडा नम्बर १२ को मुक्तिनाथ आधारभूत विद्यालय, सिद्धनाथ माध्यमिक विद्यालय, बेहडाबाबा आधारभूत विद्यालय, जुगेडा ‘सी’ गाउँको शारदा माध्यमिक विद्यालय, जुगेडा ‘बी’ गाउँको नवदुर्गा आधारभूत विद्यालय, ‘ए’ गाउँको दुर्गा आधारभूत विद्यालयमा अनुगमनका क्रममा हरेक कक्षामा विद्यार्थीको कक्षागत उपस्थिति न्यून पाइएको छ।

यस्तै, वडा नम्बर १० को विपि आधारभूत विद्यालय र जनकल्याण माध्यमिक विद्यालय तथा वडा नम्बर ९ को सरस्वती आधारभूत विद्यालय र भवानी माध्यमिक विद्यालयका हरेक कक्षामा विद्यार्थी अनुपस्थित रहने दर बढी देखिएको छ। विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न नसक्दा सिकाइ उपलब्धि प्रभावित भइरहेको शिक्षकहरूले महसुस गरेका छन्।

लामो समयसम्म विद्यालयमा गयल हुने विद्यार्थीहरूलाई विद्यालय नियमित आउने बनाउन विद्यालय पोशाक, झोला, कापी कलम दिन सके समस्या समाधान हुने भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकराज जोशीले बताए। ‘हाम्रो विद्यालयमा पनि विद्यार्थीहरूको कक्षागत हाजिरी कम हुने गरेको छ।

अभिभावकहरू कामको खोजीमा भारत जाने र छोराछोरी पनि सँगै लैजाने भएकाले भर्ना हुन्छन् तर स्कुल आउँदैनन्’, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालय पोसाक, कापी, कलम दिन सक्यो भने विद्यार्थी नियमित स्कुल आउँथे होला। दिवा खाजा कार्यक्रमले गर्दा अहिले स्कुल आउने दर बढेको हो।’

ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरू खेतीपातीको समय, भोजभतेर र विवाह हुने महिनामा विद्यालयमा बढी दिन गयल हुने देखिएको छ। यस्तै, मजदुरी र खेतीपाती गर्ने परिवारका विद्यार्थीहरू पनि विद्यालयका धेरैजसो अनुपस्थित हुने गरेका छन्। न्यून हाजिर हुने प्रवृत्ति रोक्न धनगढी उपमहानगरले अभिभाव शिक्षामा जोड दिने दाबी गरेको छ।

अभिभावक शिक्षा र अन्य आवश्यक उपाय अपनाएर विद्यालयका विद्यार्थीलाई नियमित हाजिर हुने वातावारण तयार गर्ने  शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए। ‘उपमहानगरले अहिलेको विद्यालय अनुगमन विद्यार्थी र शिक्षकको उपस्थिती र दरबन्दीको अवस्था बुझ्न गरिरहेको हो।

स्कुल अनुगमनका क्रममा विद्यालयमा विद्यार्थीको उपस्थिती ५० प्रतिशतभन्दा कम हुने गरेको पाइएको छ’, उनले भने, ‘विद्यार्थी अनुपस्थित हुने कारण पत्ता लगाएर अभिभावक शिक्षामा जोड दिएर विद्यार्थीको उपस्तिथि नियमित गर्न कार्य गरिनेछ। साथै, अन्य उपाय अपनाएर विद्यार्थीलाई दैनिक स्कुल आउने वातावरण तयार गरिनेछ।’
धनगढीका १० विद्यालयमा विद्यार्थी अनुपस्थित हुने दर
धनगढी–१२ हिम्मतपुरमा रहेको मुक्तिनाथ आधारभूत विद्यालयमा बालबिकासदेखि बालबिकासदेखि कक्षा ५ सम्म ८० जना विद्यार्थी भर्ना भएका छन्। जसमध्ये सोमबार ५३ जना विद्यार्थी मात्रै स्कुलमा हाजिर भएका थिए। मुक्तिनाथ आधारभूत विद्यालयको बालबिकासमा १७ बालबालिका भर्ना भएकोमा ७ जना मात्रै उपस्थित थिए। कक्षा १ का ९ जना विद्यार्थीमा ३ जना मात्रै उपस्थित थिए। कक्षा २ मा १२ जनामा ११ जना, कक्षा ३ का १३ जनामा ८ जना, कक्षा ४ का १० जनामा ८ र कक्षा ५ का १९ जनामा १६ जना मात्रै नियमित हाजिर भएको पाइएको छ।
बेहडाबाबा आधारभूत विद्यालय 
धनगढी–१२ जुगेडा ‘डी’ गाउँको बेहडाबाबा आधारभूत विद्यालयमा कक्षा ५ सम्म १०५ जना भर्ना भएकामा सोमबार ५९ जना विद्यार्थी मात्रै विद्यालयमा हाजिर थिए। बालबिकासमा १७ जनामा ९ जना विद्यार्थी मात्रै उपस्थित रहेको बेहडाबाबामा कक्षा १ का २४ जनामा १३, कक्षा २ मा भर्ना भएका ३२ जनामा २० जना, कक्षा ३ का १६ जनामा ७ जना, कक्षा ४ मा भर्ना भर्ना भएका १९ जनामा ६ र कक्षा ५ मा भर्ना भएका ६ जनामा ४ जना मात्रै कक्षामा हाजिर थिए।
सिद्धनाथ माध्यमिक विद्यालय
धनगढी–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयमा अन्य विद्यालयको तुलनामा विद्यार्थी उपस्थिति दर राम्रो रहेको पाइएको छ। कक्षा १२ सम्मको यो विद्यालयमा ४७८ विद्यार्थी अध्ययनरत छन्। सोमबार  विद्यालयमा ४२८ विद्यार्थी हाजिर थिए। बालबिकासमा ३५ जना विद्यार्थीमा २० जना उपस्थित रहेकोमा कक्षा १ का २० जनामा १६ जना, कक्षा २ का ३४ जनामा २२ जना, कक्षा ३ का २३ जनामा २२ जना र कक्षा ४ का ३६ जनामा २९ जना विद्यार्थी कक्षामा हाजिर थिए।

यसैगरी, कक्षा ५ का ४२ जनामा ३१ जना, कक्षा ६ का ४२ जनामा ३२ जना, कक्षा ७ का ५० जनामा ४० जना, कक्षा ८ का ८६ जनामा ७१ जना, कक्षा ९ का २६ जनामा १९ जना, कक्षा १० का ४१ जनामा ३९ जना, कक्षा ११ का २१ जनामा १० र १२ कक्षाका २२ जना विद्यार्थीमा १९ जना मात्रै विद्यालयमा उपस्थित रहेको पाइएको छ।
शारदा माध्यमिक विद्यालय
धनगढी–१२ जुगेडा ‘सी’ गाउँको शारदा माध्यमिक विद्यालयमा ३३० जना विद्यार्थी अध्ययनरत छन्। सोमबार उपमहानगरको शिक्षा महाशाखाले गरेको अनुगमनमा २५३ जना विद्यार्थी मात्रै उपस्थित रहेको पाइएको छ। बालबिकासमा १४ जना विद्यार्थीमा ५ जना मात्रै उपस्थित रहेको पाइएको छ भने कक्षा १ मा १२ जनामा ६ जना मात्रै स्कुलमा आएको पाइएको छ।

यसैगरी, कक्षा २ मा भर्ना भएका २२ जनामा १७ जना, कक्षा ३ का ३० मा २० जना, कक्षा ४ का २४ जनामा १८ जना, कक्षा ५ का २१ जनामा १७ जना र कक्षा ६ मा भर्ना भएका ३८ जनामा ३२ जना स्कुल आएको पाइएको छ। यस्तै, कक्षा ७ का ३० जनामा २७ जना, कक्षा ८ का ७१ जनामा ६१, कक्षा ९ का २१ जनामा १२ र कक्षा १० का ४७ जनामा ३८ जना विद्यार्थी हाजिर भएको पाइएको छ।
नवदुर्गा आधारभूत विद्यालय 
धनगढी–१२ जुगेडा ‘बी’ गाउँको नवदुर्गा आधारभूत विद्यालयका ९७ जना विद्यार्थीमा ६८ जना मात्रै सोमबार स्कुल आएको पाइएको छ। बालबिकासमा १७ जना भर्ना भएकामा ६ जना मात्रै उपस्थित रहेको पाइएको छ। यस्तै,  कक्षा १ का २० जनामा १५ जना, कक्षा २ का १३ जनामा १० जना, कक्षा  का १६ जनामा १४ जना, कक्षा ४ का २६ जनामा १४ र कक्षा ५ का २५ मा २१ जना विद्यार्थी स्कुल आएको पाइएको छ।
दुर्गा आधारभूत विद्यालय
धनगढी–१२ जुगेडा ‘ए’ गाउँको दुर्गा आधारभूत विद्यालयमा २०५ विद्यार्थी भर्ना भएकामा सोमबार १०५ जना विद्यार्थी हाजिर भएको पाइएको छ। बालबिकासमा ६५ जना बालबालिका भर्ना भएकोमा ४९ जना मात्रै हाजिर रहेको पाइएको छ। यस्तै, कक्षा १ मा  भर्ना भएका ९ जनामा ६ जना, कक्षा २ का ११ जनामा ७ जना, कक्षा ३ का १८ मा १२ जना मात्रै उपस्थित रहेको पाइएको छ। यसैगरी, कक्षा ४ का १५ जनामा ११ जना, कक्षा ५ का २० जनामा १७ जना, कक्षा ६ का १८ मा १३ जना, कक्षा ७ का ११ जनामा ६ र कक्षा ८ का ३८ जनामा २९ जना स्कुल आएको पाइएको छ।
जनकल्याण माध्यमिक विद्यालय
धनगढी–१० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयमा ४६६ जना विद्यार्थीमा ३१४ जना विद्यार्थी सोमबार स्कुल आएको पाइएको छ। बालबिकासमा ३२ जना भर्ना भएकामा कक्षामा उपस्थित भने १६ जना मात्रै रहेको पाइएको छ। कक्षा १ का १४ जनामा १० जना, कक्षा २ का १४ मा १० जना, कक्षा ३ का ८ जनामा ७ जना, कक्षा ४ का १७ जनामा ८ जना, कक्षा ५ का २४ जनामा ११ जना र कक्षा ६ का ६७ जनामा ४६ जना विद्यार्थी गयल रहेको पाइएको छ। यसैगरी, कक्षा ८ का १४६ जनामा १०३ जना, कक्षा ९ का ४ जनामा २ जना, कक्षा १० का ४९ जनामा ३४ जना, कक्षा ११ का १७ जनामा १२ जना र कक्षा १२ का १६ जनामा १० जना विद्यार्थी अनुपस्थित रहेको पाइएको छ।
विपि आधारभूत विद्यालय
धनगढी–१० घुइँयाघाटमा रहेको विपि आधारभूत विद्यालयमा एक सय विद्यार्थी भर्ना भएकामा सोमबार ६७ जना विद्यार्थी मात्रै स्कुल आएको पाइएको छ। बालबिकासमा भर्ना भएका १३ जनामा ६ जना मात्रै स्कुल आएको पाइएको छ भने कक्षा १ का १४ जनामा ६ जना, कक्षा २ का १६ जनामा ११ जना, कक्षा ३ का २१ जनामा १५ जना, कक्षा ४ का १७ जनामा १५ र कक्षा ५ का १९ जनामा १४ जना विद्यार्थी मात्रै सोमबार स्कुल आएको पाइएको छ।
भवानी माध्यमिक विद्यालय
धनगढी–९ गौरीपुरमा रहेको भवानी माध्यमिक विद्यालयमा ४५२ जना विद्यार्थीमा सोमबार ३१४ जना मात्रै हाजिर भएको पाइएको छ। बालबिकास कक्षाका ३५ मा १८ जना, कक्षा १ का ३३ मा १२ जना, कक्षा २ का १७ मा १३ जना, कक्षा ३ का २८ मा १३ जना, कक्षा ४ का ३० मा २७ जना र कक्षा ५ का ३४ मा २७ जना विद्यार्थी स्कुल आएको पाइएको छ।

यसैगरी, कक्षा ६ का ६१ मा ५२ जना, कक्षा ७ का ४३ मा ३३ जना, कक्षा ८ का ११५ जनामा ८२ जना, कक्षा ९ का १३ मा ११ जना र कक्षा १० का ३३ जनामा २६ जना मात्रै हाजिर भएको पाइएको छ। ४५२ जना विद्यार्थीमा सोमबार ३१४ जना मात्रै हाजिर भएको पाइएको छ।

बालबिकास कक्षाका ३५ मा १८ जना, कक्षा १ का ३३ मा १२ जना, कक्षा २ का १७ मा १३ जना, कक्षा ३ का २८ मा १३ जना, कक्षा ४ का ३० मा २७ जना र कक्षा ५ का ३४ मा २७ जना विद्यार्थी स्कुल आएको पाइएको छ। यसैगरी, कक्षा ६ का ६१ मा ५२ जना, कक्षा ७ का ४३ मा ३३ जना, कक्षा ८ का ११५ जनामा ८२ जना, कक्षा ९ का १३ मा ११ जना र कक्षा १० का ३३ जनामा २६ जना मात्रै हाजिर भएको पाइएको छ।
सरस्वती आधारभूत विद्यालय 
धनगढी–९ बंगराकटानमा रहेको सरस्वती आधारभूत विद्यालयमा  १२१ जना विद्यार्थी भर्ना भएकामा सोमबार ७३ जना मात्रै स्कुल आएको भेटिएको छ। बालबिकास कक्षाका १३ जनामा ९ जना मात्रै हाजिर हुँदा कक्षा १ का पनि १३ जनामा ९ जना, कक्षा २ का २२ जनामा १० जना, कक्षा ३ का २० जनामा १७ जना, कक्षा ४ का २२ जनामा १९ र कक्षा ५ का २४ जनामा १८ जना मात्रै सोमबार स्कुल आएको पाइएको छ।  

१२१ जना विद्यार्थी भर्ना भएकामा सोमबार ७३ जना मात्रै स्कुल आएको भेटिएको छ। बालबिकास कक्षाका १३ जनामा ९ जना मात्रै हाजिर हुँदा कक्षा १ का पनि १३ जनामा ९ जना, कक्षा २ का २२ जनामा १० जना, कक्षा ३ का २० जनामा १७ जना, कक्षा ४ का २२ जनामा १९ र कक्षा ५ का २४ जनामा १८ जना मात्रै सोमबार स्कुल आएको पाइएको छ।
किन हुन्छन् विद्यार्थी गयल?
ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी हाजिरी न्यून देखिएको छ। अभिभावकहरूमा अभिभावक शिक्षाको कमिका कारण विद्यार्थी नियमित स्कुल नआउने गरेको शिक्षकहरूले बताएका छन्। अभिभावकको कम चासोका कारण विद्यार्थी स्कुल न आउने मात्रै होइन स्कुल छोड्ने दर पनि ग्रामीण क्षेत्रमा उच्च रहेको छ।

धनगढीका सामुदायिक विद्यालयमा अध्ययन गर्ने राना थारु र दलित समुदायका विद्यार्थीको संख्या उच्च रहे पनि त्यो समुदायमा व्याप्त शिक्षा प्रतिको उदासीनता, गरिबी र आमाबाबु दुबै जना भारतमा काम गर्न जाँदा छोराछोरी समेत लगेर जाने भएकाले विद्यार्थी नाम लेखाएर वर्षभरि स्कुल नआउने गरेको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक तर्कराज जोशी र भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकराज जोशीको अनुभव छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस