सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा दुरविन प्रविधिबाट एपेन्डीसाईटीसको शल्यक्रिया

२०७६ वैशाख १५, ०१:१४ खबर संवाददाता

प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा ल्याप्रोस्कोपीक (दुरविन) प्रविधिबाट एपेन्डीसाईटीसको शल्यक्रिया भएको छ। अञ्चल अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपीक प्रविधिबाट एपेन्डीसाईटीसको शल्यक्रिया सफल भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ तारानगरकी दुर्गा बमको उक्त प्रविधिबाट अस्पतालमा पहिलो पटक एपेन्डीसाईटीसको शल्यक्रिया गरिएको अस्पतालका जनरल सर्जन डाक्टर सुजन गौतमले जानकारी दिए। 

पेट नचिरी स–साना प्वाल पारेर दुरबिन जडित अत्याधुनिक उपकरणले शल्यक्रिया गर्न सुरु गरिएको उनले जानकारी दिए। यस्तो विधिको शल्यक्रिया चिरेर गरिने अपरेसनको तुलनामा धेरै सुविधाजनक र सहज हुने उनले बताए। नचिरी शल्यक्रिया गरिने भएकाले घाउ पनि सानो हुन्छ भने कतिपय अवस्थामा त बिरामी बिहान शल्यक्रिया गरेर साँझमा घर फर्कन सक्ने सम्भावना पनि हुने गरेको छ। शल्यक्रियामा डाक्टर गौतम सहितको टिम संग्लन थियो। 

कमेन्ट लोड गर्नुस