सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरद्वारा दोस्रो चरणको पुष्प खेती प्रविधि तथा पुष्प सजावट तालिम सञ्चालन

२०८० असोज २१, ०९:१२ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको पुष्प खेती प्रविधि तथा पुष्प सजावट तालिम सञ्चालन गरेको छ। आइतबार देखी उपमहानगरले उत्पादन गरेको फुलको बजारीकरण, पुष्प सजावट र पुष्पलाई प्रविधि सँग कसरी जोड्ने भन्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो।

उपमहानगरपालिकाले २०७९ असोज १ गतेबाट प्लास्टिक ब्यान्ड( निषेधित ) गरे सँगै प्लास्टिकका फुलहरूको बिकल्पका रुपमा प्राकृतिक एवं सौर्न्दर्य  महत्व बोकेका फुलहरू तर्फ किसान र व्यवसायीहरुलाई जोड्न खोजेको छ। प्लास्टिकको अव्यवस्थित प्रयोगले हुने वातावरणीय प्रदूषण र नेपाली पैसा विदेशिन नदिन एवं स्वदेशमै रोजगारीको सिर्जना गर्न तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

तालिम दोस्रो चरणको भएकाले यसमा बिहेका गाडीहरू फुलको प्रयोग गरेर सज्जाउन सिकाउने, बुकेहरू बनाउन सिकाउने घरमा पनि कार्यक्रमहरू हुदा फुलले सज्जाएर आकर्षक बनाउन सिकाउनुका साथै बजार व्यवस्थापनको तरिकाका बारेमा पनि प्रशिक्षण दिईने भएको छ।  किसानले उत्पादन गरेको फुल बजारीकरणको अभावमा बिक्री हुन नसके सबै फुल उपमहानगरले खरिद गर्ने भन्दै किसान, पुष्प व्यवशायीहरुलाई ढुक्क भएर फुल खेती गर्न समेत उपमहानगरले आग्रह गरेको छ।

धनगढी उपमहानगरपालिका कृषि विकास शाखाको आयोजनामा काठमाडौँबाट प्रशिक्षक बोलाएर असोज २६ गते (६) दिन सम्म जारी रहने पुष्प खेती प्रविधि तथा पुष्प सजावट तालिम सामुदायिक प्रहरी कार्यालयको हल हसनपुरमा सञ्चालन भरहेको छ। भने उक्त तालिमको उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले गरेका हुन्।

उक्त तालिममा उपमहानगर भित्रका पुष्प खेती गर्ने व्यवसायीहरू सहभागी भएका छन् भने हर्षित हुँदै उपमहानगरलाई धन्यवाद ज्ञापन समेत गरेका छन्। प्रशिक्षकका रुपमा राजु तामाङ र विश्वमणि पोख्रेल रहेका छन्। उपमहानगरले ६ महिना अगाडि नै एक चरणको पुल खेती सम्बन्धी तालिम दिई सके पश्चात् फुल खेती गरिरहेका किसानहरूलाई यो दोस्रो चरणको तालिम हो।

कमेन्ट लोड गर्नुस