सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारुद बनाउने कच्चा पदार्थसहित पक्राउ परेकी बैतडीकी बोहरा धरौटीमा रिहा 

२०८० असोज २१, ०८:५८ खबर संवाददाता

बैतडीः  बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ परेकी बैतडीको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहरा आइतबार धरौटीमा रिहा भएकी छन्।

पार्वतीको बयानको आधारमा पक्राउ परेका सोही ठाउँका भरत बोहरा पनि धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। प्रहरीको अनुसन्धानपछि जिल्ला अदालतमा भएको थुनछेक बहस पश्चात दुवै जनालाई धरौटीमा छाड्ने आदेश दिएसँगै उनीहरु धरौटी बुझाएर रिहा भएका हुन्।

पार्वतीले २५ हजार धरौटी बुझाएकी छन् भने भरतले १० हजार धरौटी बुझाएका छन्। यही असोज ४ गते बारुद बनाउने १२ किलो कच्चा पदार्थसहित सीमा क्षेत्र झुलाघाटबाट पार्वतीलाई प्रहरीले पक्राउ गरेको थियो। उनको बयानका आधारमा भरतलाई पनि पक्राउ गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस