सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिमलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको छु’

२०८० असोज २१, ०४:५३ खबर संवाददाता

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको आरोप लगाएका हुन्। सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको बताए।

प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ छ। ‘सुदूरपश्चिममा एमालेले चेतना ल्याउनुपर्छ। त्यो जिम्मेवारी अब आउने कमिटीलाई हुनेछ। यस अधिवेशनबाट आउने कमिटीले नेतृत्वको भूमिका खेल्नु पर्छ’, उनले भने।

कमेन्ट लोड गर्नुस