सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ५ को लुम्बिनी भ्रमण वर्ष :२५ लाख पर्यटक भित्र्याउने लक्ष्य

२०७६ वैशाख १५, १२:५७ खबर संवाददाता

प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आउँदो जेठ ४ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनी भ्रमण वर्ष २०७६ सञ्चालन गर्ने भएको छ। पर्यटन प्रवद्र्धनको माध्यमबाट समृद्धि हासिल गर्ने लक्ष्यका साथ गौतम बुद्धको जन्मभूमि लुम्बिनीको पर्यटन विकास गर्न प्रदेश सरकारले वर्ष २०७६ लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको जनाएको छ। भ्रमण वर्ष उद्घाटनको पूर्व सन्ध्यामा आज सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सरोकारावाला नीकायसंग अन्तरक्रिया समेत आयोजना गरिएको छ।

प्रचार प्रसार समितिका उप संयोजक प्रदिप आचार्यले जेठ ४ गते परेको बुद्ध पूर्णिमाका दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट लुम्बिनी भ्रमण वर्ष उद्घाटन भएर आउँदो चैत शुक्ल पूर्णिमा सम्म चल्ने जानकारी दिए। भ्रमण वर्ष अवधीभर  लुम्बिनी सहित प्रदेश ५ का प्रमुख धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक र बाह्य पर्यटकलाई घुमाईने उनले बताए। नेपाल भ्रमण वर्षलाई लक्षित गरी आयोजना गरिएको लुम्बिनी भ्रमण वर्षमा झण्डै २५ लाख पर्यटकलाई प्रदेश ५ मा भित्र्याउने योजना रहेको उनी बताउछन्।

ती पर्यटकहरुले प्रदेश ५ सहित छिमेकी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमण समेत गर्ने विश्वास गरिएको छ। भ्रमण वर्ष अन्तरगत  लुम्बिनीमा मायादेवी प्रसूति मार्ग ९लुम्बिनी–तिलौराकोट० घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी खाना महोत्सव, सुजाता खिर उत्सव, लुम्बिनीस्थित मायादेवी मन्दिरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फुल मुन डे उत्सव, धार्मिक यात्रा लगायतका कार्यक्रम सञ्चालन हुने प्रचार प्रसार समितिका उप संयोजक आचार्यले जानकारी दिए। भ्रमण वर्षमा छिमेकी राष्ट्र भारत सहित विदेशबाट समेत ठुलो संख्यामा धार्मिक पर्यटक लुम्बिनी पुग्नृेछन्।  

कमेन्ट लोड गर्नुस