सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोटस आई कपः दुर्गालक्ष्मी र ज्योतीको लगातार दोस्रो जित

२०८० असोज २०, ०८:४० खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियामा जारी लोटस आई कप अन्तर विद्यालयस्तरिय क्रिकेट प्रतियोगीतामा दुर्गालक्ष्मी नमुना मावि र ज्योती बोर्डिङ स्कुलले लगातार दोस्रो जित निकालेका छन्। शनिवार भएका दुई खेलमा जित हासिल गर्दै दुर्गालक्ष्मी र ज्योतीले दोस्रो जित दर्ज गरेका हुन्। शनिबारको पहिलो खेलमा जेके स्कुललाई ७६ रनको पराकिलो अन्तरले पराजित गर्दै दुर्गालक्ष्मी विजयी भएको हो।

टस हारेर व्याटिङको निम्तो पाएको दुर्गालक्ष्मीले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। जे.के स्कुलका दिपेश रोकायाले ४ विकेट लिए। ९८ रनको विजयी लक्ष्य पछ्याएको जे.के मा.वि ८ दशमलव २ ओभर खेलेर सबै विकेट गुमाउदै २१ रनमा समेटियो। दुर्गालक्ष्मीका खेलाडी मुकेश धामीले ५ विकेट लिए। खेलमा ५ विकेट लिएर टिमलाई जिताउन महत्वपुर्ण भुमिका निभाएका दुर्गालक्ष्मीका खेलाडी धामी म्यान अफ द म्याच घोषित भए। उनले नगद १ हजार सहित ट्रफि प्राप्त गरे। यसैबिच शनिबार नै भएको दोस्रो खेलमा सत्यवतीलाई २ विकेटले पराजित गर्दै ज्योतीले आफ्नो दोस्रो जित दर्ज गरेको छ।

टस जितेर व्याटिङ गरेको सत्यवतीले निर्धातिर २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनायो। सत्यवतीका निसान्त कुँवरले १४ रन बनाए भने रिजन जाग्री र भुवन भाटले समान १३÷१३ रन बनाए। बलिङमा ज्योतीका विनोद सिँहले २ विकेट लिएका थिए। ८१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको ज्योती स्कुलले १२ दशमलव १ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो। खेलमा अलराउण्ड प्रर्दशन गरेका ज्योती स्कुलका खेलाडी सुरज बोहरा म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार सहित ट्रफि प्राप्त गरे। प्रतियोगिता अन्तरगत आईतबार दुई ओटा खेलहरु खेलाईने खेल संयोजक कमल कडायतले बताए।
 

कमेन्ट लोड गर्नुस