सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सुदूरपश्चिमको अधिवेशन भोलि, अध्यक्ष ओली धनगढी आउदै

२०८० असोज २०, ०६:२२ कमल सावद

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतवार धनगढी आउने भएका छन्। एमालेको प्रदेश अधिवेशनको उद्घाटनका लागि ओली धनगढी आउने भएका हुन। धनगढीमा तीन दिनसम्म चल्न प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली र महासचिव शंकर पोख्रेल लगाएतका नेताहरु धनगढी आउने भएका हुन। 

एमालेको सुदूरपश्चिम प्रदेश कमिटि तथा अधिवेशन मूल व्यवस्थापन समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनको तयारी पूरा भएको बताएको हो। सुदूरपश्चिममा  ६७५  प्रतिनिधिको सहभागिता रहने एमालेले बताएको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले प्रथम प्रदेश अधिवेशनका लागि छनौट भएका ९ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको बताएका छन्। उनले १२ बजे भित्र प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु हुने बताए। भण्डारीका अनुसार प्रदेश अधिवेशनमा आर्थिक र राजनीतिक प्रतिवेदन पेसपछि नयाँ कमिटि चयनको प्रक्रिया सुरु हुने छ। 

अधिवेशनमा ओलीसँगै पार्टीका महासचिव पोखरेल, पार्टीका सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वर्मा, स्थायि कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरुको सहभागिता रहने प्रदेश कमिटिले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको प्रदेश नेतृत्व आपसी समझदारीका आधारमा चुन्ने प्रयास गरिने बताए। सर्वसम्मतको प्रयास सफल नभए समूहगत नभएर व्यक्तिगत रुपमा नेताहरुले आकांक्षा राखेका पदमा प्रतिस्पर्धा गर्ने विकल्प खुल्ला रहेको उनले बताएका छन्। एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नेताहरु वचनबहादुर सिंह, कृष्णप्रसाद जैशी र अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले दाबी गरेका छन्।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस