सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई कराँतेमा ऐतिहासिक रजत

२०८० असोज २०, ०५:२५ खबर संवाददाता

हाङझाउः  चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ। हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियममा शनिवार भएको महिला ६८ केजी तौलसमूहमा नेपालका लागि एरिका गुरुङले ऐतिहासिक रजत दिलाएकी हुन्।

फाइनलमा उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित भइन्। सोफ्या हालै सम्पन्न एसियन कराँते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेता समेत हुन्। यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनलमा स्थान बनाएकी हुन्।

क्वार्टरफाइनलमा एरिकाले जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन्। १९ वर्षीय एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक रजत जिताउने पहिलो खेलाडी समेत बनेकी छन्। नेपालले एसियाड कराँतेमा पहिलो पटक रजत पदक जितेको हो। 
 

कमेन्ट लोड गर्नुस