सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा घरमाथिको पत्तथर खस्दा एक जना घाइते 

२०८० असोज २०, ०४:०९ खबर संवाददाता

बझाङः  बझाङमा भूकम्पको झट्काले घरमाथिको पत्तथर खसेर एक वृद्ध घाइते भएका छन्। आज बिहान ११ः४५ मा गएको भूकम्पले घर छाएको पत्तथर खसेर आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन्।

बझाङ मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आज आएको भूकम्पको धक्काले घर छाएको पत्तथर खसेर उनी घाइते भएका हुन्। उनको हातमा चोट लागेर नशा च्यातिएको मष्टा–४ का वडा अध्यक्ष उत्तम जोशीले बताए। उनको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेतमा रेफर गरिएको छ।
 

कमेन्ट लोड गर्नुस