बैतडीमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते

बैतडीः बैतडीमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका–२ का नरबहादुर चन्दका ११ वर्षीय छोरा सन्तोष चन्द लडेर घाइते भएका हुन्।
छिमेकी लक्ष्मण महराको दुईतले घरको छतमा साइकल चलाएर खेलीरहेका चन्द शुक्रवार दिउँसो छतबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। घाइते बालकलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ।

