सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक नम्बर प्रदेश : राजधानी तोक्ने तयारी, नाम तोक्ने भाका सारिदै

। फोटो स्रोत ।
२०७६ वैशाख १५, ०८:५६

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले यो अधिवेशनबाट प्रदेशको राजधानी मात्रै तोकेर जाने संकेत गरेका छन्। मुख्यमन्त्री राईले सोमबारसम्ममा प्रदेशको राजधानीका विषयमा सभामुखले सूचना जारी गर्ने र यही अधिवेशनले राजधानी तोक्ने बताए। उनले २२ गते सम्ममा राजधानी तोकिसकिने समेत जानकारी दिए।

उनले राजधानी तोक्ने विषयमा अन्तिम तयारी भएको जानकारी दिँदै भने, ‘काठमाण्डौ गएर पनि परामर्श लिएर आएको छु।’ उनले संसदीय दलको बैठकमा छलफल गरेर र अन्य दलसँग पनि छलफल गरेर प्रदेशको राजधानी सहमतिमै तोक्न लागिएको बताए। उनका अनुसार प्रदेशसभा र कार्यपालिका एकै स्थानमा हुनेछन्।  ‘प्रदेशसभा र कार्यपालिका टाढाटाढा हुँदा व्यवहारिक रुपमा कठिनाइ हुँदो रहेछ।’ उनले भने ‘यो व्यबहारिक समस्या समाधानका लागि दुवै आसपासमा राखिन्छ।’

नामको विषय लम्बिन सक्ने

एक नम्बर प्रदेशको नाम यही अधिवेशनबाट टुंगो लगाउने विषयमा प्रदेश सरकार पछि हटेको छ। प्रदेशको नामका विषयमा विवाद नसुल्झेकाले अहिले राजधानी मात्रै तोकेर जाने तयारीमा प्रदेश सरकार रहेको छ। ‘भरसक हामी दुवै विषय टुंगोमा र्पुयाएर लैजाने तयारीमा छौँ।’ मुख्य मन्त्री राईले भने ‘नामको विषय चाँडै बस्ने बर्खे अधिवेशनमा पनि जान सक्छ।’ साभार - उज्यालोहनलाइन
 

कमेन्ट लोड गर्नुस