सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका भूकम्प पीडितका घर बनाइदिने प्रधानमन्त्री प्रचण्डको घोषणा

२०८० असोज १९, ०४:०६ खबर संवाददाता

बझाङः  नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार बझाङमा पुगेर भूकम्प पीडितका घर बनाइदिने घोषणा गरेका छन्।

बझाङको सदरमुकाम चैनपुर नजिकै भोपुर ब्यारेकमा नेपाली सेनाको हेलिकोप्टरमार्फत अवतरण गरेका प्रधानमन्त्री दाहालले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन्।

यहि असोज १६ गते गएको भुकम्पका कारण धेरैको घरमा क्षती पुगेको छ। भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गरिदिने प्रधान्मन्त्री प्रचण्डले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस