बझाङका भूकम्प पीडितसँग मुख्यमन्त्री शाहको छलफल
बझाङः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि बझाङ पुगेका छन्।
उनले भूकम्पग्रस्त जिल्लाका विभिन्न पालिकाको स्थलगत अवलोकन र पीडितहरुसँग छलफल गरेका छन्। मुख्यमन्त्री शाहले भूकम्पबाट बढी क्षति भएको जयपृथ्वी नगरपालिका, केदारस्युँ र थलारा गाउँपालिकाको स्थलगत भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले क्षतिग्रस्त व्यक्तिका घर, स्वास्थ्य संस्थाका भवन र विद्यालयहरुको निरीक्षण गरेका थिए।
उनले भने, ‘भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाको लागि पनि प्रदेश सरकारले प्रदेशसँग भएका र निजी क्षेत्रको प्राविधिक खटाएर तथ्यांक संकलन गर्ने काम सुरु गरिसकेको छ। विपद्मा परेका जनताको राहत र पुनर्स्थापनाको लागि प्रदेश सरकार प्रतिबद्ध छ।’ उनले पहिलो चरणमा राहत वितरण र लगत्तै पुनर्स्थापनाको प्याकेज प्रदेश सरकारले ल्याउने बताए।