धनगढीमा खैरो हेरोईनसहित एक जना पक्राउ

२०८० असोज १९, ०९:१७
धनगढीः धनगढीमा खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट ७१० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बिहीबार साँझ एक जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले धनगढी-५ का ३५ वर्षीय मुकेश कुँवरलाई लागूऔषधसहित पक्राउ गरेको बताएको छ।



कमेन्ट लोड गर्नुस