सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर प्रदेशमा निर्वाचन भएपनि गौरीफन्टा नाका सिल नहुने, चेकजाँचमा भने कडाई

२०७६ वैशाख १५, ०७:३२ खबर संवाददाता

भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न सीमा नाकाहरु बन्द गरिएपनि गौरीफन्टा नाका भने सुचारु राखिएको छ। शनिवार रातीदेखि नै नाका बन्द हुनुपर्ने भएपनि भारतको डिएम कार्यालयबाट निर्देशन नआएकोले अहिले सम्म नाका सुचारु नै राखिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि अहिले सम्म नाका सुचारु नै भएको जानकारी दिए। राजस्व तथा भन्सार सुरक्षा गुल्म हेडक्वाटर नम्बर ५३ का सशस्त्र प्रहरी नायब उपरिक्षक देवबहादुर चन्दले पनि नाका सुचारु नै रहेको जानकारी दिदै चेकजाँचमा भने कडाई गरिउको बताए।

अहिले सीमा नाकामा धेरे नगद बोकेर आवतजातव नगर्न पनि उनले आग्रह गरे। अझै पनि भारतको डिएम कार्यालयले आदेश दिए नाका बन्द हुने उनले बताए। भोली भारतको उत्तर प्रदेशमा लोकसभा निर्वाचन छ। 
 

कमेन्ट लोड गर्नुस