सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चिसापानीबाट पाँच ट्रक गाई प्रहरीको नियन्त्रणमा

२०८० असोज १८, ०७:२७ कमल सावद

धनगढीः  कैलालीको चिसापानीबाट पाँच ट्रक गाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिन्दु जागरण नेपाल तथा स्थानियको आग्रहमा अबैध रुपमा जानकी गाउँपालिकाबाट काभ्रे चौपाया खरिद बिक्री केन्द्रले लैजान लागेका २ सय गाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले ट्रकमा काभ्रे लैजान लागिएका गाई फिर्ता पठाएको बताएको छ।

जानकी गाउँपालिकाको मिलेमतोमा काभ्रे चौपाया खरिद बिक्री केन्द्रले राष्ट्रीय जनावर गाई तस्करी गर्न लागेको भन्दै हिन्दु जागरण नेपाल कैलालीले आक्रोश ब्यक्त गदै गाई तस्करमा संलग्न जानकी गाउँपालिका र गाई तस्कर गर्ने काभ्रे चौपाया खरिद बिक्री केन्द्रलाई कडाभन्दा कडा कारबाहीको लागि सम्बन्धीत निकाय संग आग्रह समेत गरीएको हिन्दु जागरण नेपाल कैलालीका जिल्ला अध्यक्ष टंकबहादुर देउवाले बताए।

गाई असोज  १५ गते राति ११ बजे ईलाका प्रहरी कार्यालय चिसापानीले ट्रक सहित नियमन्त्रमा लिई जानकीमानै फिर्ता पठाएको थियो। तर पछिल्लो दिन असोज  १६ गते सबै कागजपत्रहरु मिलाएर बिहान ११ बजे ५ वटै ट्रक चिसापानी बाट अगाडी गएका थिए। सबै कागजपत्र देखाएपछी ईलाका प्रहरी कार्यालय चिसापानीले सो ट्रक अगाडी जान दिएपनि ईलाका प्रहरी कार्यालय भुरीगाउँ बदिर्याले फेरी ५ ट्रकसहित गाईलाई फिर्ता पठाएको ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ। सोही दिन उक्त ५ वटा ट्रक जानकी गाउँपालिका–५ मा पठाइएको थियो। हिजो १७ गते ट्रकमा रहेका गाईलाई हिन्दु जागरणका युवा र ईलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा उन्मुक्ति दिएर ट्रक ईलाका प्रहरी कार्यालय लम्कीमा राखेको छ।

नेपालको राष्ट्रीय जनावरलाई एक खरिद बिक्री केन्द्रलाई गौहत्या गर्ने उदेश्यले जानकी गाउँपालिकाले पालिकाको लेटर प्याडमै उल्लेख गरी १ हजार गाई लैजान अनुमति दिएको भन्दै हिन्दु जागरणले कडा विरोध जनाएको छ। अबैध रुपमा कानुन विपरित गौं तस्करमा संलग्नको कारबाहीका लागि आफुहरु अदालत जाने हिन्दु जागरणले चेतावनी दिएको छ। जानकी गाउँपालिकाको २०८० भाद्र १५ को पत्र नम्बर २०८०÷०८१ को चलानी नम्बर ६४१ मा काभ्रे चौपाया खरिद बिक्री केन्द्रलाई १ हजार छाडापशु चौपाया दिने उल्लेख छ भने गाउँपालिकाको २०८० असोज १४ को पत्र नम्बर २०८०।०८१ को चलानी नम्बर ९२६ मा यस पालिका अन्र्तगत रहेका सामुदायिक छाडा चौपाया गाई र गोरु काभ्रे जिल्लाको बनेपा–१० मा रहेको काभ्रे चौपाया खरिद बिक्री केन्द्रलाई प्रालीका सदस्य नेमा  घोलान तामाङलाई बिक्री गरेको उल्लेख छ।

कृषि व्यावसायको लागि भन्दै मालबाहक गाडी नम्बर ना ७२११८ मा  २२ वटा, ना ६ ख ५६८६ मा २० वटा, ना ६ ख ९१९६ मा २२ वटा, सु.प.प्र०१.००१ ख २४५० मा २६ वटा र सु.प.प्र०१.००१ ख ३२६५ मा २६ वटा गरी १ सय १२ वटा पठाएको पत्रमा उल्लेख गरेको छ। तर एक ट्रकमा करीब ४० गाई बढी हालेको पशुको बाच्न पाउने अधिकार समेत हनन् गरेको हिन्दु जागरण नेपाले बताएको छ। यि गाइहरु कृषि तथा पशुपालनको लागि नभई गौहत्याको लागि लगेको समेत आरोप लाउँदै हिन्दु जागराण् नेपालले गाई बेच्ने र गाई किन्ने दुबै पक्षलाई हदै सम्मको कारबाहीको माग गरेको छ।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस