सुदूर नेपाललाई विश्वसँग जोड्दै

भायानेटको ‘चाडमा चौका’ अफर

२०८० असोज १८, ०५:२३

धनगढी : भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ। महान् चाड दसैँ र तिहारको पावन अवसरमा भायानेटले चाडमा चौका अफर ल्याएको हो। 


भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको आठ हजार चार सयमा १२५ एकबीपीएस इन्टरनेटको सेवा दिएको छ।  यस्तै, भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।

भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रियब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशत सम्म छुटका लागि योग्य हुनेछन्।

छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिंग मेसिन रहनेछन्। चाडपर्वको अवधिमा यी वस्तुहरू नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दसैँको समयमायी वस्तुहरू घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।

नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक आठ हजार चार सय रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा समेत गरेको छ। 

यस्ता छन् पाइने छुट :

– अल्टिमा वायरलेस इयरबड्स : भ्याटसहितको मूल्य रू. १२२५ सम्ममा उपलब्ध छ।

–हिमस्टार ४३ इन्च स्मार्ट टिभी : भ्याटसहितको मूल्य रु. २७,५०० सम्ममा उपलब्ध छ।

– हिमस्टार ५५ इन्च स्मार्ट टिभी : भ्याटसहितको मूल्य रू. ५४,००० सम्ममा उपलब्ध छ।

– हिमस्टार रेफ्रिजरेटर : भ्याटसहितको मूल्य रू. १७,५१० सम्ममा उपलब्ध छ।

– हिमस्टार वाशिङ मेसिन : भ्याटसहितको मूल्य रू. ४१,२०० सम्ममा उपलब्ध छ।
 

कमेन्ट लोड गर्नुस