सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरका एक व्यवसायीको घरबाट लाखौँ मुल्यको अवैध सामान बरामद

२०८० असोज १८, ०४:१७ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरका एक व्यवसायीको घरबाटै प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित भुवन भाटको घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको हो।

बिहीवार दिउँसो भाटको घरबाट प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्षबहादुर चन्दले भारतबाट ल्याएको सामान बरामद गरेको हो। भाटको घरबाट तीन बोरा चिनी र एक बोरा मिस्रीसहित भन्सार बिल नकाटेका अन्य सामान बरामद गरेको जनाएको छ। 

सामान बरामद गरिएको स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले भन्सार चोरी पैठारीका सामान बरामद गरिएको बताए। ‘हामीले चाडबाडका बेला विशेष अभियान नै चलाएका छौँ,’ उनले भने, ‘यही सिलिसलामा भाटको घरमा समेत फलो गर्दै जाँदा लाखौँ मुल्यका सामान बरामद गरेका छौँ।’ बरामद गरिएका सामान अधिकांश खाद्यान्न र किराना पसलका रहेका प्रहरी प्रमुख थापाले बताए। व्यवसायी भाटले भने आफू बिरामी भएकाले चार महिना पसल बन्द रहेकाले बिल कतै राखिएकाले खोज्नुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस