सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक हजार १९८ पशुचौपाया मरे

२०८० असोज १८, ०२:२० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक हजार एक सय ९८ पशुचौपाया परेका छन्। लम्पी स्किन रोगबाट उक्त संख्यामा पशुचौपाया मरेका हुन्।

साथै ४१ हजार ५ सय गाईगोरुमा संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ। पहाडी जिल्लामा फैलिएको यो रोगबाट डडेल्धुरामा ४१ हजारभन्दा बढी पशुचौपायामा संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा प्रमुख देवराज भट्टले बताए।

डडेल्धुरामा लम्पी स्किन रोगविरुद्ध खोप लगाउन दुई हजार खोप खरिद गरिएको भएपनि पर्याप्त नहुँदा प्रयोग गरिएको छैन। डडेल्धुरामा मात्रै ६० हजार पशुचौपायमा लम्पी स्किन विरुद्धको खोप लगाउनु पर्ने केन्द्रले जनाएको छ। सुरुमा गाईको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरूमा साना–साना गिर्खाहरू देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, कचेरा वा सिंगान बग्ने, मुखबाट फिंज निकाल्ने लगायत लक्षण देखिने गरेको छ।

कमेन्ट लोड गर्नुस