सुदूर नेपाललाई विश्वसँग जोड्दै

आएको योजना कार्यान्वयन गर्न नसक्दा धनगढीमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै

२०७६ वैशाख १५, ०६:५६ जनक विष्ट

फोहोरमैला व्यवस्थान केन्द्र निर्माणका लागि आएको बजेटको सदुपयोग गर्न नसकेका बेला धनगढी उप–महानरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। लामो समयदेखि धनगढी उप–महानगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा छनौटको प्रक्रिया नै टुङग्याउन नसकेपछि फोहोर व्यवस्थापनमा चुनौती थपिदै गएको छ। अहिले उप–महानगरपालिकाले नगर क्षेत्रको फोहोर उठाएर जथाभावी फाल्न थालेपछि प्रदुषण फैलिएको छ। धनगढी उप–महानगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रको अभावमा नगर क्षेत्रको फोहोर लगेर जथाभावी फाल्न थालेपछि समस्या भएको हो। उप–महानगरपालिकाले नगरको फोहोर उठाएर जथाभावी फाल्न थालेपछि दुर्गन्ध फैलिएको स्थानीयको गुनासो रहेको छ। उप–महानगरपालिकाले अहिले वडा नम्बर ४ को कैलाली नालामा फोहोर फाल्ने गरेको छ। गर्मी बढेका बेला नालामा फालिएको फोहोरको गन्धले बस्न समेत समस्या भएको स्थानीय हेरल चौधरी गुनासो गरे। 

उनका अनुसार उप–महानगरपालिकाले अहिले जथाभावी फोहोर थुपार्ने गरेको छ भने स्थानीयको विरोध आएमा बेला बेला ठाउँ परिवर्तन गर्दै आएको छ। तर जथाभावी फालिने फोहोरले नगर क्षेत्र कुरुप बन्दै गएको विषयमा भने उप–महानगर गम्भीर बन्न सकेको छैन्। फोहोर फालिने क्षेत्रका स्थानीयलाई खाना खादाँ समेत समस्या हुने गरेको अर्की स्थानीय गीता कठरियाले बताईन्। यता, एसियाली विकास बैँकको क्रण सहयोगमा धनगढीमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण हुने चर्चा चलेको चार वर्ष र योजना लागु भएको डेढ वर्ष सम्म पनि उप–महानरपालिकाले जग्गा प्राप्ति गर्न सकेको छैन्। स्थानीयको सहमतीमै फोहोर फाल्दै आएको दावी गरिदै आएपनि खुल्ला फालिने फोहोरले वातावरण र मानव स्वास्थ्यमा पर्ने असरको कुनै ख्याल गरिएको छैन्। 

उप–महानगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि वडा नम्बर २ को नयाँ कटानमा जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाएपनि स्थानीयलाई मनाउन नसक्दा उक्त प्रयास विफल भएको छ। त्यसयता जग्गा प्राप्तीको प्रक्रिया नै रोकिएको छ। उप–महानगरपालिकाले स्थानीयलाई फोहोरमैला व्यवस्थापन केन्द्रका विषयमा बुझाउन नसक्दा योजना नै अलपत्र परेको छ। तर धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले भने जग्ग प्राप्तीमा समस्या भएपनि प्रयास जारी राखेको बताए। तर कतिपयले भने फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधीको भुमिका नै ठिक नभएको तर्क गरेका छन्। जनप्रतिनिधीको गलत भुमिकाकै कारण फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको विषय अनिर्णयको बन्दी बनेको धेरैको भनाई रहेको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस