सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प पीडितलाई भेट्न पूर्वगृहमन्त्री लामिछाने बझाङ पुगे

२०८० असोज १८, ०१:३३ खबर संवाददाता

बझाङः भूकम्प पीडितहरुको अवस्था बुझ्न पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ आइपुगेका छन्।

बुधबार साँझ बझाङ पुगेका उनले भूकम्पपछि घाइते भएका र विस्थापितहरुलाई भेटेका छन्। बझाङको वित्थडचिर, केदारस्युँ गाउँपालिकामा भूकम्प पीडितसँग भेटघाट गरी अबेर सदरमुकाम चैनपुर पुगेका लामिछाने भूकम्पका कारण बाहिर बसिरहेका सदरमुकामका स्थानीय र घाइतेहरुलाई भेटेका थिए।

आज (बिहीबार) बिहान प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाकर्मी र स्थानीयसँग भेटघाट गरेका लामिछानेले पीडितहरुलाई राहत समेत वितरण गरेका छन्। उनले विपद्मा परेकाहरुलाई सान्त्वना दिन बझाङ आएको र यहाँको समस्या प्रति गम्भीर बन्न सदन र अन्य निकायमा आवाज उठाउने बताए।
 

कमेन्ट लोड गर्नुस