सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पको क्षति बारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

२०८० असोज १७, ०६:३० खबर संवाददाता

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन्।

मङ्गलवार बझाङ केन्द्रबिन्दु बनाएर आएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बिहिवार बिहानका लागि बैठक बोलाएका हुन्। बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुने छन्।

बैठक बस्नुपूर्व बुधवार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए।

 

कमेन्ट लोड गर्नुस