सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका रमेशको माया मेट्रोले गर्‍यो निःशुल्क शल्यक्रिया

२०८० असोज १७, ०४:१२ खबर संवाददाता

धनगढी : कञ्चनपुरका एक बिरामीको धनगढीको माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया गरेको छ। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ६ चानदेवका रमेश चौधरीको अस्पतालले पिसाव नलिमा अड्केको ८ दशमलव १० एमएम पत्थरीको निःशुल्क शल्यक्रिया गरेको हो। 

आर्थिक अवस्था कमजोर रहेकाले चौधरीले विगत एक वर्षदेखि उपचार भएको थिएन। धनगढीको माया मेट्रो अस्पतालले तीन वटा शल्यक्रिया गरेको जनाएको छ। चौधरीको आर्थिक स्रोत नभएकाले अस्पतालले झण्डै २ लाख खर्च हुने शल्यक्रिया निःशुल्क गरेको हो। यूरोसर्जन सुमीत कर्णले चौधरीको मिगौलामा रहेको पथरीको शल्यक्रिया गरेका हुन्। दुबै मिर्गौलामा पथरी रहेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले बताए। चौधरीको उमेर ४४ वर्षको छ। आर्थिक सहयोगका लागि उनले वडा कार्यालय, आफन्तहरूलाई समेत सहयोग मागेको बताएका छन्। 

उनी असोज १३ गते माया मेट्रो अस्पताल पुगेका हुन्। मङ्गलवार उनी घर फर्किएका छन्। शारीरिक अपाङ्ग समेत रहेका रमेशको अस्पतालले निःशुल्क उपचार गरिदिएकोपछि उनकी श्रीमती सीता खुसी भएकी छन्। उनका एक छोरा एक छोरी गरी चार जना सदस्य छन्। रमेशका २० वर्षीय छोरा समेत अपाङ्ग छन्। 

कमेन्ट लोड गर्नुस