कैलालीको गोदावरीबाट लागुऔधसहित एक जना पक्राउ

२०८० असोज १७, ०३:५३
धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा खुनाटोलबाट २५ वर्षीय हरि खुना पक्राउ परेका हुन्।
उनको साथबाट प्रहरीले एक सय ३० मिलिग्राम लागुऔषध फेला पारेको छ। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको थुनुवा कक्षमा राखिएको प्रहरीले बताएको छ।


कमेन्ट लोड गर्नुस