सुदूर नेपाललाई विश्वसँग जोड्दै

रगतको अभावलाई मध्यनजर गर्दै धनगढीमा रक्तदान

२०७६ वैशाख १४, ०५:००

रगतको अभावलाई मध्यनजर गर्दै धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ र कराँते एकेडेमीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो। कार्यक्रमबाट एक सय ७ पिन्ट रगत संकलन भएको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले जानकारी दिए। 

धनगढी कराते एकेडेमीका अध्यक्ष कृष्णप्रशाद न्यौपाने खली, उपाध्यक्ष ललित खत्री, सल्लाहकार गोपाल केसी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मनोज राई लगायतको सहभागिता रहेको थियो। 
 

 

कमेन्ट लोड गर्नुस