सुदूर नेपाललाई विश्वसँग जोड्दै

 ‘रिगल’को कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन

२०८० असोज १७, ०२:५०

काठमाडौँ : योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन्। मन्त्रीपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए। 

रिगलले भारतीका श्रीमान् चेतन मानन्धरको हत्या गरेका हुन्। माफी मिनाहाको निर्णय फिर्ता लिनुपर्ने माग राखेर भारतीले बुधवारबाट माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन्। राष्ट्रपतिको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दर्ता गराएकी छन्। भारतीले सर्वोच्चमा दायर गरेको रिटको दर्ता नम्बर ०८०–डब्बुओ–०३०६ रहेको छ।

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगन्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो। तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए।

लामो कानुनी लडाईँ लडेर रिगललाई कारागार पु¥याएको भन्दै उनले पीडित परिवारको सहमति बिना आममाफी दिने अधिकार राष्ट्रपतिलाई दिन नहुने बताइन्। 

कमेन्ट लोड गर्नुस