सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव मलमूत्रको प्रयोग गरी तरकारी खेती : उत्पादन बढ्ने, रोग नलाग्ने

। फोटो स्रोत ।
२०७६ वैशाख १४, ०४:१९

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङकी किसान आशकुमारी गुरुङले विगतमा घरमा गाईबस्तु पाल्थे। उनले गाईबस्तुको मलमूत्र खेतबारीमा प्रयोग गर्थे। तर अहिले भने उनले गाईकस्तु पाल्न छाडेका छन्। उनले जस्तै गाउँघरमा अहिले गाईबस्तु पाल्नेको संख्या घट्दो छ। त्यसैले पनि खेतीपातीका लागि आवश्यक मल पाउन समस्या छ। खेतीपातीका लागि मल पाउन समस्या भएसँगै आशकुमारीले घरमा संकलन हुने पिसाब खेतबारीमा प्रयोग गरी खेती गर्ने योजना बनाएका छन्।

‘गाउँमा पशुचौपाय पाल्न छाडिएको छ। मल पाउन समस्या छ। उनले भने, यसको सट्टामा घर तथा सार्वजनिक स्थलमा संकलन भएको मानव मलमूत्र बालीमा हाल्ने योजना बनाएको छु।’ उनका अनुसार घरमै पिसाब संकलन गरेर बारीमा प्रयोग गर्दा उत्पादन बढ्छ।  रोग लाग्दैन। उनले भने, ‘यस्तो जानकारी हामीले तालिमबाट पाएका पाएका हौं, ‘गाईभैंसी पाल्न नसकिएपछि यो तरिका सहजलागेको छ।’ स्थानीय किसान बैंशबहादुर गुरुङका अनुसार मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गर्ने तयारीमा गाउँले जुटेका छन्। 

पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मलमूत्रको प्रयोग गरी तरकारी फलाउन यहाँका किसान जुटेका हुन्।  बजारमा पाइने रासायनिक मलभन्दा मानव मलमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेका हुन्। उनले भने, ‘वैैशाख दोस्रो साताबाट घर–घरमा पिसाब संकलन गरिन्छ। संकलित पिसाब बोटविरुवा तथा तरकारीमा हालिन्छ।’ 

वडाध्यक्ष सुमन गुरुङका अनुसार वडा कार्यालयले वडाभित्रका अगुवा किसानलाई ‘कृषि बालीमा मानव मलमूत्र’ सम्बन्धी ३ दिने तालिम दिइसकेको छ। पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको छ। उनका अनुसार सुरुवातमा स्थानीयले जर्किन वा ड्रममा पिसाब संकलन गर्नेछन्। तरकारी लगाएको ठाउँमा हाल्नेछन्। एक लिटर पिसाबमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्न सकिन्छ। 
जिल्ला सु–आहारा सरसफाइ अधिकृत रोशन चौलागाईँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ। 

घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मलमूत्र संकलन गर्दा राम्रो हुने उनले बताए।  उनका अनुसार स्याङजा, म्याग्दी, बाग्लुङलगायतका जिल्लाका कतिपय किसानले मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गरिरहेका छन्। साभार - अनलाइखबर

कमेन्ट लोड गर्नुस