सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एमाले निकटबाटै पार्टी कार्यालयमा तालाबन्दी

२०८० असोज १६, ०२:०५ खबर संवाददाता

धनगढीः नेकपा एमालेको कैलाली जिल्ला पार्टी धनगढी र सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ।

नेकपा एमाले निकटकै युवा नेताहरुले पार्टी कार्यालयहरुमा तालाबन्दी गरेका हुन्। एमाले कैलालीका जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्यसमेत रहेका किशोर शाहले आज (मंगलबार) पार्टी कार्यालयहरुमा तालाबन्दी गरेका छन्।

युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको दाबी छ। नेकपा एमालेको यहीँ असोज २१ र २२ गते धनगढीमा प्रथम प्रदेश अधिवेशन तोकिएको छ।
 

कमेन्ट लोड गर्नुस