सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपमहानगर आफैले गर्ने नीति कार्यान्वयन

धनगढीका १६३ किमी सडकमा छैन ग्राभेल

२०८० असोज १६, ११:३९ कमल सावद

धनगढीः कैलालीको धनगढीमा पहिचान भएका सबै सडकको उपमहानगर आफैले ग्राभेल गर्ने भएको छ। यसका लागि काम सुरु भइसकेको छ। उपमहानगर आफैले ग्राभेल गर्ने नीति अनुसार काम सुरु गरिएको हो।

नगर प्रखुम गोपाल हमालको नीजि सचिवालयका अनुसार वडा नम्बर १९ बाट ग्राभेल गर्ने काम सुरु भएको छ। यसअघि धनगढीमा उपभोक्ता समिति र कोटेशनमार्फत सडक ग्राभेल हुँदै आएको थियो। तर उपमहानगरपालिकाले नीतिगत निर्णय नै गरेर सबै वडाभित्रका सडकमा आफै ग्राभेल गर्ने कामको सुरुवात गरेको छ।

चालु आर्थिक वर्षमा सडक ग्राभेल गर्न उपमहानगरपालिकाले सातवटा ब्याको लोडर प्रयोग गर्ने तयारीमा छ। पुराना तीनवटा टिप्पर र दुई नयाँ खरिदको प्रक्रियामा छन्। उपमहानगरसँग हाल ६ वटा टिप्पर, पुराना दुई र थप दुईवटा खरिदको प्रक्रियामा छन्। ग्राभेल आवश्यक परेका नगरवासीलाई वडा कार्यालयमा सम्पर्क गर्न उपमहानगरपालिकाले आग्रह समेत गरेको छ। सबै वडाका सडक उपमहानगर आफैले ग्राभेल गर्ने नीति कार्यान्वयन थालिएको छ। उपमहानगरपालिकाको तथ्याँक अनुसार १९ वटै वडाका पाँच सय १७ सडकमा ग्राभेल गरिएको छैन्। 

उपमहानगरका १९ वटै वडामा एक सय ६३ किलोमिटर सडकमा एक पटक पनि ग्राभेल नभएको फेला परेको हो। ती सडकको ग्राभेल गर्न १८ करोड बजेट आवश्यक पर्ने देखिएको छ। धनगढीमा जग्गा कारोबारीले नयाँ बस्ती विकास गर्ने तर पूर्वाधार निर्माणका लागि उपमहानगरपालिकाको मुख ताक्ने प्रवृत्तिले ग्राभेल नभएका सडकको संख्या धेरै देखिएको हो। हाल उपमहानगरपालिकाले व्यवस्थित बस्ती विकासका लागि ग्राभेल सडक र विद्युत लाइन विस्तार अनिवार्य गरेको छ।

साथै जग्गा व्यवसायीले नै सडकमा ग्राभेल र विद्युतका पोल अनिवार्य विस्तार गर्नुपर्ने उपमहानगरको नीति छ।

 

धनगढीमा ५१७ सडकको बिजोक, कुन वडामा कति ग्राभेल गर्न बाँकी?

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस