सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाण्डौ महानगरपालिकाकी उपमेयर खड्गीमाथि आक्रमणको प्रयास

२०७६ वैशाख १४, ०३:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास भएको छ। काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन्। उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीहरुलाई सल्लाह सुझाव दिएकी एक आक्रोशित व्यवासायीले बताए। 
तर, आज उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइसकेपछि पुगेकी उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन्। डोजर चल्दा चर्काे भाडा तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले उपमेयर खड्गीमाथि आक्रमणको प्रयास गरेका हन्। सो क्रममा व्यवसायीहरुले समाचार संकलनमा पुगेका पत्रकार समेतलाई आक्रमणको प्रयास गरेका थिए। 
चौतर्फी विरोध र दवाव थेग्न नसकेपछि शनिबार दिउँसो ठेकेदारले नियम विपरित बनाएका ५२ वटा सटर महानगरपालिकाले डोजर परिचालन गरेर भत्काएको हो। आक्रोशित हुँदै व्यवसायीहरु आक्रमणमा उत्रिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातोपाटी

कमेन्ट लोड गर्नुस