सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्थायी टहरामा बस्दै आएका भारतीय नागरिकलाई प्रहरीले भारत लखेट्यो

२०८० असोज १५, ०९:५२ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा अस्थायी टहरा बनाइ बस्दै आएका भारतीय नागरीकलाई कञ्चनपुर प्रहरीले भारततर्फ फिर्ता पठाएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ मा अस्थायी टहरा बनाई बसोबास गरिरहेका १४ जना भारतीय नागरिकहरुलाई सोमवार भारत फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।May be an image of 8 people and motorcycle

कञ्चनपुर प्रहरीका अनुसार उनीहरुलाई विभिन्न चाँड पर्वहरुमा माग्ने बहाना बनाई चोरी, लुटपाट जस्ता घटनाहरु घटाउन सक्ने भएकोले सम्झाई बुझाई गरि सुरक्षित साथ नेपाल भारतको गड्डचौकी नाकाबाट भारत तर्फ पठाएको छ।
May be an image of 10 people and crowd

कमेन्ट लोड गर्नुस