सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा रहेको शिव शिखर सहकारीमा तालाबन्दी

२०८० असोज १५, ०५:२७ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियामा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा तालाबन्दी गरिएको छ। गोदावरी नगरपालिका–१ मा रहेको शिव शिखर सहकारीमा सोमवार तालाबन्दी गरिएको हो। शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो।

सरकारको उक्त घोषणापछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम शिव शिखरलाई तालाबन्दी गर्न इलाका प्रहरी कार्यालयलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्राचार गरेको थियो। सोही अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले शिव शिखर सहकारीमा तालाबन्दी गरी मुचुल्का उठाइएको डीएसपी गणेश बरालले बताएका छन्।

कमेन्ट लोड गर्नुस