सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दुई जना फरार प्रतिवादी प्रकाउ 

२०८० असोज १५, ०४:०० खबर संवाददाता

बैतडीः बैतडीमा भ्रष्टाचार मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका देवराज कपाडी र सोहि गाउँपालिका–४ भण्डारीगाउँका रतनसिंह भण्डारी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

जिल्ला अदालतले २०८० वैशाख १४ गते कपाडीलाई ३० हजार ९५० रुपैँया जरिवाना, ४ महिना कैद सजाय र भण्डारीलाई १६ हजार ५५० रुपैँया जरिवाना, ४ महिना कैद सजाय तोकेको थियो। दुबैजना अदालतको फैसलापछि फरार रहेका थिए। कपाडी जस्लिङ आधारभूत विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष र भण्डारी बटैराज आधारभूत विद्यालयका शिक्षक रहेका बेला भ्रष्टाचार गरेको उनीहरु माथि आरोप लागेको थियो।
 

कमेन्ट लोड गर्नुस