सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमालेको प्रदेश अधिवेशनबाट यसरी चयन हुँदैछन् प्रतिनिधि

२०८० असोज १५, १०:५३ खबर संवाददाता

धनगढीः नेकपा एमालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि आज (सोमबार) प्रतिनिधि चयन हुँदैछ।

असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनका लागि आज प्रदेशका सबै ९ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्र र ८८ स्थानीय तहमा प्रतिनिधि छनोट गर्ने कार्यक्रम छ। अधिवेशनका लागि ६ सय बढी प्रतिनिधि चयन हुनेछन्। स्थानीय तहमा एक सय जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने व्यवस्था छ।

प्रतिनिधिमा ३३ प्रतिशत महिला र १० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सम्बन्धित भूगोलमै बसोबास गर्ने व्यक्ति प्रतिनिधि बन्न पाउनेछन्। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ७५ जना पार्टी सदस्य बराबर एक जना दलित प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। मजदुर इलाका कमिटीबाट ५० सदस्य बराबर एक जना प्रतिनिधि चयन हुनेछन्।

प्रतिनिधि चयनका लागि सबै पालिका र निर्वाचन क्षेत्रमा खटाइएका सहजकर्ताले सम्बन्धित क्षेत्रबाट चयन भएका प्रतिनिधिको नामावली जिल्ला कमिटीमा पठाउने, जिल्ला कमिटीले प्रदेश कमिटीलाई पठाउने र प्रतिनिधिबारे अन्तिम निर्णय प्रदेश कमिटीले गर्ने कार्यविधि तय गरिएको छ। प्रदेश कमिटीका पदाधिकारी र सदस्य बन्न प्रतिनिधि चयन भएर आउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

कमेन्ट लोड गर्नुस