सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुलामञ्चका सटर भत्काउन डोजर परिचालन

२०७६ वैशाख १४, ०१:०५

खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाउने निर्णय गरेको छ। पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ। महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनपछि डोजर लिएर आफूहरु खुलामञ्चतर्फ लागेको अनलाइनबरलाई जानकारी दिए।

महानगरपालिकाले डोजर चलाउने निर्णय गरेलगत्तै शनिबार दिउँसोदेखि महानगरीय प्रहरी पठाएर खुलामञ्चमा निर्माण गरिएका सटर भत्काउन लागिएको सापकोटाले बताए।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो। विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो।

खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको छ। महानगरको डोजर चल्नु अघिसम्म त्यहाँका पसलमा ग्रहाकहरुको भीडभाड देखिइरहेको छ। साभार - अनलाइनखबर 
 

कमेन्ट लोड गर्नुस