स्थानीय तहका कर्मचारीको आन्दोलन सुरू
धनगढीः स्थानीय तहका कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। आयतबारबाट कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन लगायतका विभिन्न माग राखेर माईतिघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।
देशभरबाट काठमाडौंमा जम्मा भएका स्थानीय तहका कर्मचारीहरुले दिपक गौतमको संयोजकत्वमा आन्दोलनलाई सशक्त बनाउन केन्द्रीय संघर्ष समिती गठन गरेका छन्। संगठित रुपमा आन्दोलन गर्ने तयारी स्वरुप कर्मचारीहरु संगठित भएका हुन्।
प्रतिनिधि सभामा पेस हुने तयारीमा रहेको संघीय निजामती सेवा ऐनप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरुले दिपक गौतमको संयोजकत्वमा १८१ सदस्यीय केन्द्रीय संघर्ष समित गठन गरेका हुन्।
पालिकाहरूमा स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने , अन्तर प्रदेश सरुवा, विना सहमति चक्रीय सरुवा प्रणाली, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन , उमेरहद र सेवा अबधि गणना, अस्थायी र करार कर्मचारीको व्यवस्थापन, सेवा सुरक्षाको सुनिश्चितता लगायतका माग राखेर स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।