सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक पालिकाले गर्भवती महिलाको यातायात खर्च व्यहोर्ने

२०८० असोज १४, ०४:०१ खबर संवाददाता

बैतडीः  बैतडीको एक पालिकाले गर्भवती महिलालाई बाहिर लैजानुपरेमा अर्थात अन्य अस्पतालमा रेफर गरे यातायात खर्च व्यहोर्ने भएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाले गर्भवती र सुत्केरीलाई रेफर गर्नुपरे यातायात खर्च व्यहोर्ने भएको छ। जटिल समस्याका गर्भवती र सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पतालहरूमा प्रेषण गर्नु परेमा यातायात खर्च गाउँपालिकाले व्यहोर्ने भएको हो।

गाउँपालिकाले एक सूचना जारी गरेर पालिका भित्रका बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकीबाट जटिलता देखा परि प्रस्तुति तथा गर्भवतीलाई सुविधा सम्पन्न अस्पताल प्रेषण गर्नुे परे यातायात खर्च स्वास्थ्य शाखाबाट भुक्तानी गरिने उल्लेख गरेको छ। खर्चका लागि रेफर गरिएको कागजात, स्वास्थ्य संस्थाबाट लिएको सेवा सम्बन्धि कागजात र एम्बुलेन्सको विल सहित निवदेन स्वास्थ्य शाखामा बुझाउन पालिकाले अनुरोध गरेको छ। 

कमेन्ट लोड गर्नुस