सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सरसफाई अभियान जारी

२०७६ वैशाख १४, ११:३९ खबर संवाददाता

धनगढी उप–महानगरपालिका र कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको धनगढी सरसफई अभियान जारी रहेको छ। महिनाको दुई दिन धनगढी बजारका विभिन्न स्थानमा सरसफाई गर्ने अभियान अन्तगत आज पनि सरसफाई गरिएको हो। अभियान अन्तरगत आज पनि धनगढीको चौराहादेखि पार्क मोड सम्म सरसफाई गरिएको छ।

स्वच्छ स्वस्थ्य धनगढी शहर हामी सबैको रहर भन्ने नाराका साथ धनगढी सरसफईको अभियान सुरुवात गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले बताए। नगर क्षेत्र सफाई गर्ने दायित्व सबैको भएकाले अव यो अभियानलाई वडा स्तर बाट समेत सुरु गरिने तथा निरन्तरता दिने धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले बताए।

आजको सरसफई कार्यक्रममा धनगढीका मेयर वड, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर, उपध्यक्ष गगन केसी, सचिव सिद्धराज पनेरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सहित अन्य स्थानीयको पनि सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस