सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ४ घण्टा सम्म विद्युत नहुँने, तापक्रम साढे ४१ डिग्री सेल्सियस

२०७६ वैशाख १४, ११:०२ खबर संवाददाता

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगत आज ४ घण्टा सम्म विद्युत नहुँने भएको छ। धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले शव स्टेशनमा मर्मतको काम भईरहेकाले धनगढी वितरण केन्द्र अन्तरगतको विद्युत कटौती गरिएको बताए। उनले आज शनिवार विहान ९ बजेदेखि १ बजे सम्म विद्युत नहुने बताए। यता धनगढीको तापक्रम भने बढ्दै गएको छ। आज विहान पौने ९ बजे गरिएको मापन अनुसार धनगढीको अधित्तम तापक्रम साढे ४१ डिग्री सेल्सियस रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस