नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको मतदान सकियो
काठमाडौः नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा एक हजार १३३ मत खसेको छ। अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत गरी एक हजार १७४ प्रतिनिधि सहभागी थिए। तर दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहे।
मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो। मतदान सम्पन्न भएकाले अबको दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने तयारी भएको छ। प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले प्रतिस्पर्धा गरेका छन्। यी दुई उम्मेदवारले अरु चार पदाधिकारीमा पनि प्यानल बनाएका छन्।