सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तान विस्फोटमा परि ५२ जनाको मृत्यु

२०८० असोज १२, ०५:०४ खबर संवाददाता

एजेन्सीः  पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।

इद मिलादुन नबी मनाउन मानिस भेला भएको मस्जिदनजिकै उक्त विस्फोट भएको हो। बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतंकवादीहरूले उक्त विस्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन्। साथै उनीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विस्फोट गराइएको  बताउँदै त्यहाँको गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ। मास्तुङ जिल्लाका सहायक आयुक्तले आतंकवादीले उक्त विस्फोट गराएको बताए।  
 

कमेन्ट लोड गर्नुस